आईएमई लाइफ इन्स्योरेन्सको नयाँ शाखा अर्घाखाँचीमा
समान्ताको खबर पौष २३, अर्घाखाँची आईएमई लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले अर्घाखाँचीमा शाखा विस्तार गरेको छ । अर्घाखाँची सन्धिखर्क शाखा८१ औं शाखा हो ।कम्पनीले ९६ औँ शाखा विस्तार गरेसकेको छ । अर्घाखाँचीमा आज बाट आप्ःनो कारोबार सुरु गरेको सन्धिखर्क शाखाले आज एक कार्यक्रमका विच शाखाको उद्घाटन गर्यो । सन्धिखर्क बैंक रोड स्थितबाट आप्ःनो सेवा सुरु गरेको हो । आईएमई लाइफ इन्स्योरेन्स पाँच नंं. प्रदेश प्रमख यमलाल न्यापानेको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । शाखाको उद्घाटन गर्दे न्यौपानेले सन्धिखर्क आइएमई लाइफ इन्सोरेन्सको शाखा स्थापना गरिएको बताउँदै यो सेवाबाट सेवाग्राही थप लाभान्वित हुने बताउनु भयो । उहाँले जिल्लामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आगमनले स्थानीय बासिन्दाहरुमा जीवन बीमाको पहुँच र यस प्रतिको भरोसा अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कायक्रममा जितपूर शाखाका प्रमुख गणेश भुसालले सर्वसाधारणहरुको आर्थिक सुरक्षा र सम्वृद्धिको एक पाटो भएकोले जीवन बिमाका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी सर्वोत्तम बिकल्प भएको भएको बतताउनु भयो । आइएम...