समुदाय प्रहरी साझेदारी कार्यक्रम गाउँगाउँमा , अपराध रोकथाम गरी समाजमा शान्ति स्थापनामा सहयोग पुर्याएको स्थानीयको भनाई

समानताको खबर
विक्रम पाण्डे
पौष २० , अर्घाखाँची

समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छलफल तथा अन्तरक्रिया कार्यक्रम आज जिल्लाको विभिन्न ठाउँमा सम्पन्न भएका छन् । प्रहरी चौकी नरपानी अर्घाखाँचीको आयोजनामा “समुदाय(प्रहरी साझेदारी कार्यक्रम”अनुसार  सन्धिखर्क नगरपालीका वडा नं.६ ,पाणिनी गाउँपालिका वडा नं. ८ शान्तीचोकमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी हवल्दार .सोभाराम चौधरीले घरेलु हिंसा तथा महिला हिंसा सम्बन्धी विषयमा प्रकाश पार्नु भएको थिायो ।
त्यस्तै मालारानी गाउँपालीका वडा नं.७  , भुमिकास्थान नगरपालिका वडा नं. १  , भुमिकास्थान नगरपालिका वडा नं ६ भुमिकास्थान नगरपालिका वडा नं. ३ रातामाटामा पनि समुदाय(प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएका छन् ।
 कार्यक्रममा स्थानियबासी, बुद्धिजिबि, युवाहरु, महिलाहरु सहभागिता रहेको थियो । कार्यक्रममा सवारी दुर्घटना नियन्त्रण , घरेलु हिंसा तथा महिला हिंसा , लागु औषत दुब्र्यसनी , बालविवाह तथा बहुविवाह लगायतका विषयहरुमा छलफल गरीएको थियो ।
‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने उद्धेश्ले यो कार्यक्रम ल्याइएको हो । विकास र सुरक्षाको अन्तर्निर्भरता, विद्यमान परिस्थिति र भावी कार्य्दिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचयनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी भएको स्थानीयहरुको भनाई रहेको छ ।

Popular posts from this blog

गंगा जवुना महिला कृषि सहकारी ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न

भिसा आएन अब जन्म भूमिमै पसिना बगाउँछु : बिनोद

नदीमा बस खस्दा ११ को ज्यान गयो