नदीमा बस खस्दा ११ को ज्यान गयो

तनहुँ, असार २२ – तनहुँको दमौलीमा यात्रुबस मादी नदीमा खस्दा ११ जनाको ज्यान गएको छ । १० जना घाइते छन् ।
पोखराबाट नारायणघाटका लागि छुटेको ना ४ ख ४६ ८४ नम्बरको यात्रुबस दमौली बजारको चाइनिजपुलबाट नदीमा खसेर दुर्घटना भएको हो ।
घाइतेको दमौलीको रत्नाहरी अस्पताल, दमौली अस्पताल र नेशनल एपोलो अस्पतालमा उपचार भइरहेको छ भने एकजनालाई भने पोखरा लगिएको छ ।
मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाइते गाडी चालक बसन्त थापाको पनि उपचार भइरहेको छ ।

Comments

Popular posts from this blog

भिसा आएन अब जन्म भूमिमै पसिना बगाउँछु : बिनोद

आज बाट सन्धिखर्क नगरपालिका तथा गाबिस स्तरीय भलिबल प्रतियोगिता सन्धिखर्क नगरपालिका वार्ड न ९ फुदवांग वजारमा सुरु