घरमै रोजगारी
शिव मुखिया महँगी बढ्दो छ। सामान्य आयले घर खर्च धान्न कठिन छ। घर खर्च चलाएर मात्र पनि पुग्दैन। छोराछोरीको शिक्षादेखि आफ्नो पोजिसन मेन्टेनका लागि समेत आय आर्जनको बलियो स्रोत आवश्यक छ तर हाम्रो समाजमा अहिले प्रायः परिवार एकजनाको कमाइमा निर्भर हुनुपरेको अवस्था पनि छ। यसबाट आर्थिक संकट आउने एवं पारिवारिक संरचना नै खलबलिन सक्ने सम्भावना पनि उत्तिकै छ। आर्थिक आधार राम्रो नभए कुनै पनि परिवार सुखी र खुसी हुन सक्दैन। यस्तो अवस्थामा परिवारका अधिकांश सदस्य आयमूलक काममा लाग्नु राम्रो हुन्छ। हामीकहाँ श्रीमान् कमाइका लागि जाने र श्रीमती घरमै बस्ने चलन छ। यसले श्रीमतीलाई परनिर्भर बनाउनुका साथै घरको आर्थिक स्रोत पनि खुम्चन पुग्छ। बरू दुवैजना आयआर्जनको बाटोमा लाग्ने हो भने परिवारमा आर्थिक समृद्धि ल्याउन सकिन्छ। यद्यपि दम्पती नै रोजगारीमा लागेपछि परिवारको हेरचाहमा समस्या आउन सक्छ। बालबालिकाको रेखदेख पनि त गर्नुपर्यो। अझ यस्तो अवस्थामा अर्काको अधीनमा रहेर १० देखि ४ बजेसम्मको समयसीमामा काम गर्न सम्भव हुँदैन। त्यस्तो अवस्थामा के गर्ने त ? जहाँ इच्छा, त्यहाँ उपाय भनेझैं आफूमा काम गर्ने तत्परता र दृढता ...