Posts

Showing posts with the label national

रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको निधन

Image
१९ पुस, काठमाडौं । रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँलको निधन भएको छ । टेलिचलचित्र तीतो सत्यमा ‘योर माई लभ बा’ का रुपमा चर्चित भएका उनको जमलस्थित राष्ट्रिय नाचघरमा निधन भएको हो । अभिनय गर्दागर्दै मर्ने चाहना छ भन्ने गरेका उनको नाचघरमा नाटक ‘महर्षि याज्ञबल्क्य’ मा अभिनयकै क्रममा निधन भएको हो । संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित र बद्री अधिकारीले निर्देशन गरेको नाटकमा उनी राजा जनकको भूमिकामा अभिनय गर्दै थिए । त्यस क्रममा हृदयघात भएपछि उनलाई तत्काल वीर अस्पताल लगिएको नाचघरकी सूचना अधिकारी पवित्रा पंगेनीले जानकारी दिइन् । चिकित्सकहरुले साँझ ६ः१० बजे उनको निधन भएको घोषणा गरेका थिए । उनको पार्थिव शरीरलाई अहिले अस्पतालमै राखिएको छ । बुधबार बिहान ११ देखि २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा भवन कमलादीमा राखिने जनाइएको छ । १९९४ साल भदौ २३ गते भक्तपुरमा जन्मिएका उनी झण्डै पाँच दशकदेखि रंगक्षेत्रमा सक्रिय थिए । फुयाँलका ‘बाध्यता’ र ‘शहीदको सपना’ नाटकसंग्रह प्रकाशित छन् । उनले तीतो सत्य, मधुमालती, इन्द्रावती लगायत दर्जनौं टेलिफिल्म र चलचित्रहरुमा अभिनय गरेका छन् ।

प्रधानमन्त्री भोलि जन्ति जाँदै

मंसिर २८  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बुधबार सिरहाको मिर्चैया आउनुहुने भएको छ । प्रधानमन्त्री निर्वाचन क्षेत्र भौतिक पूर्वाधार समितिको बैठकसँगै २ नम्बर प्रदेशका इन्चार्ज मातृकाप्रसाद यादवका छोराको बिहेमा जन्ति जानुहुनेछ । माओवादी केन्द्रका नेता तथा २ नम्बर प्रदेशका इन्चार्ज मातृकाप्रसाद यादवको छोराको बिहेमा जन्ति जाने कार्यक्रम तय भएको माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथ जिल्ला इन्चार्ज हरिनारायण चौधरीले जानकारी दिनुभयो ।  मातृकाको गाउँ धनुषाको सवैलाबाट प्रधानमन्त्री सिरहाको गोविन्दपुर–२ मा जन्ति जाने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्ड सिरहाको मिर्चैयामा हुने निर्वाचनक्षेत्र भौतिक पूर्वाधार समितिको बैठक सकेर जन्ती जाने कार्यक्रम रहेको बताइएको छ । प्रधानमन्त्री पहिले निर्वाचित सिरहा क्षेत्र नम्बर ५ को निर्वाचन क्षेत्र भौतिक पूर्वाधार समितिको बैठकमा सहभागी हुनुहुनेछ ।  

फेसबुक हिरो जुकरबर्गको पहिरन चर्चा

Image
सामाजिक सञ्जाल फेसबुकले सर्वसाधारणका लागि सेयर जारी गरेको धेरै भैसक्यो । उक्त अवसरमा फेसबुकले क्यालिफोर्नियामा रोड शोको समेत आयोजना गर्‍यो । उक्त रोड शोमा सबै व्यक्ति टाइ सुटमा सजिएका थिए । तर स्वयं फेसबुकका संस्थापक मार्क जकरबर्ग भने सधै जस्तै सामान्य पोशाकमा देखिए । उनले आफ्नो ड्रेसको ट्रेड मार्क बनाएका जम्पर वा हुडी लगाएका थिए । रोड शोमा देखिएको यो पहिरन पछि यसको वारेमा निकै नै चर्चा परिचर्चा भयो । हुन त जकरबर्गले यस्तो पहिरन सधै नै गर्थे । तर आफ्नै औपचारिक कार्यक्रममा यसरी गैर जिम्मेवार हुनु हुदैनथ्यो । यसले गर्दा भविष्यका सम्भावित लगानीकर्ताहरुमा नराम्रो सन्देश प्रवाह हुन्छ भन्ने धेरैको धारणा रहेको थियो । तर स्वयं जकरबर्गका पक्षधरहरुले भने यो प्रकरणलाई सामान्य रुपमा लिएका थिए । उनि यही पोशाकमा आफुलाई सहज अनुभव गर्छन् । त्यसैले यसलाई स्वाभाविक रुपमा लिनु पर्ने उनिहरुको तर्क थियो । फेसबुकको सेयरले धेरै उचाइ लिएन । तर जकरबर्गको पहिरन चर्चाले भने सधै उचाई नै लिइरहेको पाइन्छ । हुन पनि अमेरिका जस्तो फेसन कन्सियस मुलुकमा जन्मिएका जकरबर्ग टाइ सुटमा सजिएको कमै देखिन्छ । अमेरिकामा टाइ सुटला...

यीनै हुन कलिला छात्रालाई यौनशोषण गर्ने प्रिन्सिपल

Image
प्रिन्सिपलले कलिला छात्राहरुमाथि यौनशोषण गरेको सुन्दा अचम्म लाग्न सक्छ । तर, सोमबार धरानमा यस्तै अपत्यारिलो घटना सार्वजनिक भएको छ । धरान १९, मा सञ्चालनमा रहेको क्रिष्चियन अनुदानमा चलेको इमानुअल इन्टरनेशनल बोर्डिङ्ग स्कुलका प्रिन्पिसल कपिङ मरामले आफनै छात्राहरुलाई होस्टलमा जर्बजस्ती यौनशोषण गर्ने गरेको खुलासा भएको छ ।स्कुलको छात्रावासमा रहेका २४ बालिकालाई ललाइफकाई यौनदुव्र्यवहारका साथै बलात्कारसमेत गर्ने गरेको एक पीडित बालिकाले बताइन्। प्रहरी कार्यालयमा भेटिएकी मणिपुर घर भएकी पीडित बालिकाले सो विद्यालय छोडी आफन्तलाई भनेपछि उनीहरू धरान आएर महिला अधिकारकर्मीको सहयोगमा विद्यालयको छात्रावासमा गएर बालिकाहरूलाई भेटेपछि प्रिन्सिपलको कर्तुत खुलासा भएको हो। उनको कर्तुत सार्वजनिक भएपछि स्थानीयहरूले प्रिन्सिपल तथा उनकी श्रीमती रेदिला मारामलाई इलाका प्रहरी कार्यलय धरानमा बुझाएका छन्। प्रिन्सिपल मारामले आफूहरूलाई फकाई बेहोस हुने औषधी खुवाएर यौनशोषण गर्ने गरेको एक बालिकाले जानकारी दिइन्। ८ वर्षीया ती बालिकाले मारामले आफ्नो कोठामा बोलाएर संवेदनशील अंगमा छुने तथा अपाकृतिक योैन सम्पर्कसमेत गर्ने गरेको ज...

भारतीय 'नेपाल वान टेलिभिजन'मा यौनकाण्डले खैलाबैला

Image
रेणुकाले विधुरीको प्रस्ताव नमान्दा बिचल्ली काठमाडौं, १३ साउन । विभिन्न सञ्चारमाध्यममा यौनजन्य घटनाका समाचार सार्वजनिक भईरहेका बेला भारतीय टेलिभिजन ‘नेपाल वान’मा कार्यक्रम सञ्चालिका रेणुका कँडेललाई यौनदुरव्यवहार भएको छ । यौनदुरव्यवहारको प्रतिवाद गर्दा रेणुकाले जारी गुमाउनु परेको छ । यौन सम्बन्ध कायम गर्न नमानेकै कारण रेणुका आजै (आइतबार) देखि सडकमा आएन बाध्य भएकी छन् । विगत चार वर्षदेखि भारतीय टेलिभिजन नेपाल वानमा भोजपुरी कार्यक्रम सञ्चालन गर्दै आएकी रेणुकालाई भारतीय नागरिक सुन्दरसिंह विधुरीले यौनदुरव्यवहार गरेका हुन् । यौनदुरव्यवहारमा विधुरीलाई क्यामरापर्सन विराज श्रेष्ठले सहयोग गर्दै आएको रेणुकाको आरोप छ । रेणुकाको आरोपका बारेमा प्रतिक्रिया लिन नेपाल वानको कार्यालय तिनकुनेमा टेलिफोनमा सम्पर्क गर्दा फोन व्यस्त भएकाले विधुरीसँग सम्पर्क हुन सकेन । नेपाल वानमा कार्यरत रहँदा अविवाहित रेणुकालाई विधुरीले पटक/पटक यौन प्रस्ताव राख्ने गरेको आज (आइतबार) जारी विज्ञप्तिमा उल्लेख छ । पछि विवाहित भएकी रेणुकालाई विधुरीले पुन: विभिन्न प्रलोभन देखाएर यौनप्रस्ताव गर्ने गरेका थिए । नयाँ दिल्लीस्थित हेडअफि...

बाबुराम र कमल थापाको भनाभन (भिडियोसहित)

Image
 आफू प्रधानमन्त्री भएको भए जेल हाल्थे भन्ने एमाओवादी नेताको भनाईपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि भट्टराईले राजालाई मान्ने सहमति गरेको खुलासा गरेपछि यो विषयले हंगामा नै मच्चाएको छ । थापाको उक्त खुलासामा भट्टराईले आफूले तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बन्न आग्रह गरेको स्वीकार समेत गरे । यी दुई नेताबीच फेसबुके ठूलै युद्ध नै भएको थियो । जसमा भट्टराईल पार्टीको नीति अनुसार नै आफूले कमल थापामार्फत् ज्ञानेन्द्रलाई पहिलो राष्ट्रपति बन्न प्रस्ताव गरेको भनेर उनी डिफेन्समा बसेका थिए । तर उनै भट्टराइले सुरुमा भने आफू प्रधानमन्त्री भएको भए जेल हाल्थेँ भनेका थिए ।उक्त भट्टराईको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा भने धेरैले खोइरो नै खनेका थिए । आफूले पूर्वराजाको सक्रियताबारे बलियो सूचना पाएरै अभिव्यक्ति दिएको बताएका भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार प्रस्टिकरण समेत दिन पुगे । लगत्तै राप्रपा नेपालका अध्यक्ष थापाले पनि भट्टराईको अभिव्यक्तिको खण्डन गरे । यसरी उनीहरुबीच फेसबुकमा युद्ध नै चलेको हो ।

च्याउ चिनेर मात्र खाने गरौं

Image
-केवी मसाल ‘एउटा उखान छ बाहुनले च्याउ खाएपो स्वाद पाउछ ।’ हुन पनि हो च्याउको स्वाद खानेले मात्र थाहा पाउछ । आजकल च्याउ सबैले खाने गर्दछन् । च्याउ खादा भने च्याउको प्रजाति, विषालु हो वा होइन भन्ने कुराको ख्याल राख्दैनन् । त्यसैले बर्षाको समयमा प्रत्यक बर्ष नेपालमा बिषालु च्याउ खानाले मानिसहरु मर्ने गरेका छन् । जति मानिसहरु मर्नेको सख्या वृद्धि भएपनि च्याउ खाने क्रमचाहिँ रोकिएको छैन । नेपालीहरुको च्याउखाने बानी पुख्यौलीनै हो । नेपालमा मात्र होइन च्याउ खाने प्रचलन विश्वमा धेरै मुलुकमा छ । जगंली युगदेखिनै मानिसले च्याउ खाएर आएको हुन सक्ने आकल पनि गर्न सकिन्छ । खानहुने प्रजातिको च्याउ चिनेर मात्र खानु पर्दछ । च्याउमा मानिसको शरीरमा आवश्यक पर्ने क्याल्सीएम र प्रोटिनलगायत अन्य तत्व समेत च्याउमा पाईन्छ । च्याउलाई वनस्पती जगतको इष्ट समूहमा राखिएको छ । सामान्यतया बुझनका लागि च्याउ वनस्पती जगतको परजीवी हो । च्याउको बारेमा अध्ययन, अनुसन्धान गर्दै आएका नेपालका कृषि वैज्ञानिकको भनाई अनुसार प्राचीनकाल देखिनै च्याउको बारेमा अनुसन्धान हुँदै आएको पाइन्छ । ऋषिमुनिहरुले च्याउमा विष फेला पारेकाले च्याउ खान...

अर्घाखाँचीको शान उच्च राख्न नारायण परियारलाई भोट हालौ

Image
नेपाल टेलिभिजनको Swar Sangram (स्वर संग्राम) कार्य्रक्रममा अर्घाखाँची जिल्ला डिहिडाँडाका नारायण परियार  TOP 6/ टप छ मा परिसकेका छन । तपाईं पनि उनलाई जिताएर अर्घाखाँचीको सान उच्च पार्न चाहनुहुन्छ भने नेपालभर बाट भोट् दिनुस्, नेपालमा रहेका आफन्तलाई सक्दो भोट् हाल्न लगाउनुस् ।  भोट् हाल्न ss टाइप गर्नुस अनी स्पेस दिनुस् अनी np टाइप गरी 3626 वा 4862 मा पठाउनुस् ( T ype ss  np send it to 3626 or 4862 . आगामी बिहीवार राती १२ बजे सम्म एक मोबाईल फोनबाट जती पनि भोट् गर्न सक्नुहुनेछ । कार्यक्रम हरेक शनिवार राती ९ :३०  बजे र आईतवार दिउसो १ बजेको समाचार पछि NTV मा हेर्न सकिने छ । Narayan Top 7 Selection Round Swor Sangram Narayan Pariyar Top 8 Selected Swor Sangram Narayan Pariyar Top 9 Selected Swor Sangram   नारायण पहिलो पटक बुटवलमा

बढ्यो सामूहिक बलात्कार

Image
दाङ, असार २४ – तुलसीपुर प्रहरीलाई शनिबार मध्यरातमा एक किशोरीको फोन आयो, ‘बसपार्कमा  चार जनाले मलाई बलात्कार गरे, बचाउन आउनुपर्‍यो ।’ अघिल्लो दिनमात्रै १५ वर्षीया किशोरीमाथि भएको सामूहिक बलात्कारको अनुसन्धानमा व्यस्त प्रहरी उस्तै घटनाको जानकारी पाएपछि तत्काल बसपार्क पुग्यो । चार युवालाई किशोरीसहित फेला पारेपछि पक्राउ गर्‍यो । शुक्रबार अपराह्न मात्रै १५ वषर्ीया एक किशोरीमाथि फूलबारी ६ ढकनाको जंगलमा सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको थियो । ३२ घन्टापछि शनिबार राति १७ वषर्ीया अर्की किशोरी तुलसीपुर ५ नयाँ बसपार्कमा बलात्कृत भइन् । घटनास्थलमा फेला परेका खलंगा ५ प्युठानका वीरबहादुर खत्री, थारमारे ६ सल्यानका युवराज डाँगी, फालाबाङ ५ सल्यानका अर्जुन योगी र रागेचौर ६ सल्यानका चन्द्र डाँगीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरू सबै यातायात व्यवसायमा संलग्न रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी तुलबहादुर कार्कीले बताए । पक्राउ पर्नेहरू सबै १९ देखि २२ वर्षका रहेको कार्कीले जनाए । सुरुमा एक जनासँग सहमतिमा यौन सम्पर्क गरेको र पछि तीन जनासँग सम्पर्क हुँदा प...

नदीमा बस खस्दा ११ को ज्यान गयो

Image
तनहुँ, असार २२ – तनहुँको दमौलीमा यात्रुबस मादी नदीमा खस्दा ११ जनाको ज्यान गएको छ । १० जना घाइते छन् । पोखराबाट नारायणघाटका लागि छुटेको ना ४ ख ४६ ८४ नम्बरको यात्रुबस दमौली बजारको चाइनिजपुलबाट नदीमा खसेर दुर्घटना भएको हो । घाइतेको दमौलीको रत्नाहरी अस्पताल, दमौली अस्पताल र नेशनल एपोलो अस्पतालमा उपचार भइरहेको छ भने एकजनालाई भने पोखरा लगिएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाइते गाडी चालक बसन्त थापाको पनि उपचार भइरहेको छ ।

नवलपरासी को डण्डा पुल बाट बस खस्दा ३४ जना घाइते

नवलपरासी २२ असार ।  नवलपरासी डण्डा बजार नजिक आज भएको वस र्दुघटनामा परि ३४ जना घाईते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत डण्डा बजारबाट लगभग दुई सय मिटर पर रहेको   पथ्थर खोलामा यात्रुबाहक बस खस्दा ३४ यात्रु घाईते भएका छन् भने ८ जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्याल कावासोतीले प्रहरीले जनाएको छ ।  पश्चिम नेपालको भैरहवाबाट काठमाडौ तर्फ आउदै गरेको लु १ ख ५६३० नम्वरको यात्रुबाहक बस  पुल संगैको छेकबारमा ठोकिएर खोलामा खसेको कावासोती प्रहरीले वताए । सो पिरित दिशाबाट काठमाडौ वाट नेपालगञ्ज का लागि जादै गरेको ना ४ ख ३ ३८ नम्वरको वस ठक्कर भई खोलामा खसेको प्रहरीले जनाएको छ । घाईतेहरु उपचारका कावासोती कालिगण्डकी अस्पताल र केही भरतपुर तर्फ लगिएको छ ।  घाइते हुनेहरुमा गुल्मीका सुरज ज्ञावाली, नवलपरासीका इन्द्र बाहादुर राना, वुटवलका नारायण कुवंर, कुरिन्टार चितवनका वासु सिल्वाल, रुपन्देहीका हेम वहादुर खडका, अर्घाखाचीका सरस्वती सेमही मगर, कञ्चनपुरका सागर वोगटी ,कपिल्वस्तुकी रेखा भण्डारी, रुपन्देहीका कुञ्जराज श्रेष्ठ, कपिलवस्तु मिनवहादुर राना, वदर्घाट नवलपरासीका निलकण्...

बाबु–आमाबाटै बोक्सीको आरोपमा कुटपिट

Image
-एसबी पौडेल रोल्पा, २१ असार । रोल्पा जिल्लाको धवाङ गाविसकी १६ वर्षीया किशोरीलाई बोक्सीको आरोपमा आफ्नै बाबु–आमा र मामाले निर्घात कुटपिट गरेका छन् । बोक्सीको आरोपमा आमा–बुवा र मामाले कुटपिट गर्दा धबाङ–१ निवासी संगीता सुनारले कष्ट सहनु परेको छ । उनले बोक्सीको आरोपमा बाबु–आमा र मामाले कुटपिट गरे पछि उनीहरु विरुद्ध प्रहरीमा उजुरी समेत गरिन् । यसबीच, पीडित संगीतालाई बाबु–आमा र मामाले एकहजार पाँचसय रुपियाँ जरिवाना बुझाई खुट्टामा ढोगेर माफी मागेका छन् । उनीहरुले अबदेखि त्यस्तो व्यवहार नगर्ने प्रतिबद्धता प्रहरी समक्ष गरेको रोल्पाका प्रहरी नायब उपरीक्षक ओमबहादुर रानामगरले बताए । केही दिनअघि स्थानीय ‘धामी झाँक्रीले उनका बाबु–आमालाई तेरी छोरीले बोक्सी सिक्दै छे’ भनिदिएपछि आमा दिलसरी सुनार, बुवा चन्द्रमणि सुनार र मामा तिलक परियारले संगीतालाई पटक/पटक कुटपिट गरेका थिए । आमा–बुबा र मामाले बोक्सीको आरोपमा मानसिक यातना दिँदै कुटपिट गर्न थालेपछि बाध्य भएर संगीताले प्रहरीमा उजुरी गरेको बताईन् । ‘मामा र घरमा बाबु–आमाले दिनदिनै जहाँ भेट्यो त्यहीँ कुट्न थालेपछि प्रहरीमा उजुरी दिएँ,’ संगीताले भनिन्, ‘बाबु–आमा...

व्यक्तिका नाममा सेना र सशस्त्रका पम्प

Image
काठमाडौं - दुईवटा सुरक्षा संगठनले व्यक्तिको नाममा दर्ता रहेको पेट्रोल पम्प संगठनको आवरणमा चलाइरहेका छन्। नेपाली सेना र सशस्त्रद्वारा सञ्चालित ६ वटा पेट्रोल पम्प व्यक्तिको नाममा रहेको आयल निगमको रेकर्डले पुष्टि गरेको छ। सेना र सशस्त्र बल गठनको उद्देश्य सुरक्षा व्यवस्था हो। राष्ट्रिय सुरक्षा र आन्तरिक सुरक्षाको जिम्मेवारी तोकिएका यस्ता संगठन नाफाको व्यापारमा संलग्न हुन्नन्। तर, सेना र सशस्त्रले कल्याणकारी कोषका लागि भन्दै चलाखी गरेर व्यापार गरिरहेका छन्। बहालवाला र अवकासप्राप्तका लागि सेनामा सैनिक कल्याणकारी कोष छ। सुरुमा उस्तै नाम राखेको सशस्त्रले ३ वर्षअघि सच्याएर कल्याणकारी सेवा केन्द्र राखेको छ। तर उद्देश्य दुवैको एकै प्रकृतिको छ। उनीहरुले चलाएको पम्पको उद्देश्य सोही कोषको लागि आम्दानी गर्नु हो। दुईवटै संगठनले कोषको लागि आम्दानी गर्न खोलिएका पम्पमा सरकारी सम्पत्ति र जनशक्ति खटाउँदै आएका छन्। तर, नेपाल आयल निगमको रेकर्डअनुसार कानुनी स्वामित्व उनीहरुको छैन। भद्रकालीमा नेपाली सेनाको मुख्यालयसँगै जोडिएको रिपुमर्दनी पेट्रोल स्टेसनका मालिक नेपाली सेनाका अवकास प्राप्त अधिकारी गोपाल पोखर...

जंगली छावालाई घरेलु ढोईको माया

Image
जंगली छावा (दायाँ) र आफ्नो छावासँगै दूध चुसाउँदै चितवनकली। तस्बिर : नागरिक चितवन - अलपत्र बच्चालाई मान्छेले मात्र होइन, वन्यजन्तुले पनि उत्तिकै माया गर्दो रहेछ। चितवन राष्ट्रिय निकुञ्ज सौराहाको हात्तीसारमा अचेल रमाइलो दृश्य देखिन्छ। उद्धार गरेर ल्याइएको जंगली हात्तीको बच्चा (छावा)लाई घरेलु हात्तीले दूध चुसाउँछ। अन्य पोथी हात्ती सुँढले छावा सुमसुम्याउन तँछाडमछाड गर्छन्। रौतहट वागमती किनारमा अलपत्र जंगली छावालाई पर्सा वन्यजन्तु आरक्षका अधिकारीले सौराहा ल्याएका हुन्। असार १७ गते दिउँसो त्यहाँ ल्याइएको छावाले असार १४ गते राति बच्चा जन्माएकी चितवनकलीको दूध चुस्न पाएको छ। 'सुरुमा यो छावा नजिक जान हिच्किचाउँथ्यो। अहिले त दूध चुसेको चुस्यै गरेर माउलाई हैरान बनाउन थालेको छ,' हात्तीसारका प्रमुख विचित्रकुमार चौधरीले भने। चितवनकलीले जन्माएको छावा पोथी हो। जंगली छावा भाले हो। जंगली छावा २० दिनअघि जन्मिएको हात्तीसारका कर्मचारीको अनुमान छ। छावाले करिब एक वर्षसम्म आमाको दूध मात्र खान्छ। त्यसपछि बल्ल घाँस खान थाल्छ। 'दूध चुस्न पाएन भने छावा धेरै दिन बाँच्न सक्दैन,' केन्द्रका प्रमुख चौधर...

जडिबुटी कर्मचारीबाटै चोरी निकासी

Image
-सञ्जीवकुमार दाहाल दोलखा, २० असार । दोलखा वन पैदावार र जंगली पशुपन्छी संरक्षणको जिम्मा पाएको गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय नजिकै तस्करीका सामान भण्डारण गरिएको पाइएको छ । संकलन र निकासीका लागि प्रतिबन्ध गरिएका वन पैदावार संरक्षण क्षेत्रको कार्यालय नजिकै भण्डारण गरिनुमा कार्यालयकै संलग्नता रहेको स्थानीयको आरोप छ । संरक्षण क्षेत्रको प्रधान कार्यालय सिँगटीको करीव एकसय मिटर उत्तरतर्फ जंगलबाट अबैध रुपमा संकलन गरी ल्याएका धुपी सल्लाको चोइटा र झ्याउ भण्डारण गरी राखिएको छ । धुपी काठ र चोइटालगायतका पैदावार सिन्धुपाल्चोक हुँदै निकासी हुन थालेपछि मन्त्रालयस्तरबाट समेत पटक/पटक बैठक बसी सुरक्षा संयन्त्र परिचालन हुँदै आएको थियो । बोरामा धुपीका काठ र चोइटा फेला परे पछि संरक्षण कार्यालयबाटै चोरी निकासी भइरहेको रहस्य खुलेको हो । जंगलमा चोइटा थुप्रै भएको र सिँगटीमा १० टन बढि भण्डारण गरिएको स्थानीयले जानकारी दिए । संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले धुपीका चोइटा बनाउन र संकलन गर्न स्थानीय संरक्षण समितिलाई अनुमति दिएको बताए । उनले कर्मचारीले चोरी निकासी गरेको आरोपको खण्डन गरे ।

२ सय ५ क्षेत्रलाई नचलाऔं : कानून व्यवसायी

Image
काठमाडौं, २० असार । कानून व्यवसायीहरुले यसअघिको निर्वाचन क्षेत्रमा धेरै परिवर्तन गर्न आवश्यक नरहेको सुझाव दिएका छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीसँग आज (बिहीबार) काठमाडौंमा भएको छलफलमा कानून व्यवसायीहरुले २ सय ५ निर्वाचन क्षेत्रलाई धेरै हेरफेर आवश्यक नरहेको सुझाव दिएका हुन् । उनीहरुले बढ्ने ३५ क्षेत्रमा पनि थोरै मात्रै परिवर्तन गर्न सुझाव दिए । अधिवक्ता तीर्थमान शाक्यले अन्तरिम संविधानको धारा ६३ को उपधारा ३ अनुरुप यसअघि बढेका ३५ निर्वाचन क्षेत्रमा मात्रै थपघट गर्न सकिने बताए । ‘२५ जिल्लाका ३५ क्षेत्र थप गरिएकोमा काभ्रे बाहेकका थपिएका जिल्लामा जनसंख्या बढेको देखिएको छ,’ उनले भने, ‘काभ्रेबाहेकका अन्य जिल्लामा क्षेत्र घटाउन हुँदैन ।’ नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले चलाउनै पर्नेबाहेक पहिलेका निर्वाचन क्षेत्रलाईनै यथावत राखेर अगाडि बढ्न सुझाव दिएको जानकारी दिए । उनले क्षेत्र निर्धारण गर्दा भूगोल र जनसंख्यालाई बढि चलाउनुपर्ने नदेखिएको बताए । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, हरिहर दाहाल, सरिताराज भण्डारीलगायतका कानून व्यवसायीले पनि २ सय ५ निर्वाचन क्षेत्रलाई नच...

राष्ट्रपतिद्वारा समितिका संयोजकसँग परामर्श

Image
काठमाडौं, २० असार । राष्ट्रपति डा.रामवरण यादव र मधेसी मोर्चाका नेता विजय गच्छेदारबीच भेटबार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज (बिहीबार) भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधानसभा निर्वाचनको तयारीका बारेमा परामर्श भएको हो । डा.यादवले उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका नेता गच्छदारसँग निर्वाचनको तयारीका बारेमा जानकारी लिए । उनले निर्वाचनका लागि सक्रिय हुन राजनीतिक समितिलाई आग्रह पनि गरे । निर्वाचनको मिति नजिकिदै गएको अबस्थामा सबै दललाई समेटेर अघि बढ्न डा.यादवको सुझाव थियो । भेट पछि सञ्चारकर्मीसँग कुरा गर्दै गच्छेदारले छिट्टै राजनीतिक समितिको बैठक बोलाई नेकपा–माओवादीका मागका बारेमा छलफल हुने बताए । ‘उच्चस्तरीय राजनीतिक समितिको बैठकमा नेकपा–माओवादीका मागका बारेमा छलफल हुन्छ,’ उनले भने, ‘राष्ट्रपतिले सबै आन्दोलनरत दलहरुसँग वार्ता र सम्वाद गर्न सुझाव दिनु भएको छ ।’ यस अघि बुधबार राष्ट्रपति डा.यादवले कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलसँग निर्वाचनका बारेमा परामर्श गरेका थिए ।