प्रधानमन्त्री भोलि जन्ति जाँदै
मंसिर २८
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बुधबार सिरहाको मिर्चैया आउनुहुने भएको छ । प्रधानमन्त्री निर्वाचन क्षेत्र भौतिक पूर्वाधार समितिको बैठकसँगै २ नम्बर प्रदेशका इन्चार्ज मातृकाप्रसाद यादवका छोराको बिहेमा जन्ति जानुहुनेछ ।
माओवादी केन्द्रका नेता तथा २ नम्बर प्रदेशका इन्चार्ज मातृकाप्रसाद यादवको छोराको बिहेमा जन्ति जाने कार्यक्रम तय भएको माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथ जिल्ला इन्चार्ज हरिनारायण चौधरीले जानकारी दिनुभयो । मातृकाको गाउँ धनुषाको सवैलाबाट प्रधानमन्त्री सिरहाको गोविन्दपुर–२ मा जन्ति जाने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्ड सिरहाको मिर्चैयामा हुने निर्वाचनक्षेत्र भौतिक पूर्वाधार समितिको बैठक सकेर जन्ती जाने कार्यक्रम रहेको बताइएको छ । प्रधानमन्त्री पहिले निर्वाचित सिरहा क्षेत्र नम्बर ५ को निर्वाचन क्षेत्र भौतिक पूर्वाधार समितिको बैठकमा सहभागी हुनुहुनेछ ।