श्रीमतीको शवलाई १० वर्षम्म अँगालो मार्ने यी हुन् कलियुगका महादेव (फोटोफिचर सहित
स्वस्थानी व्रतकथामा महादेवले सतीदेवीको शवलाई काँधमा बोकेर संसार घुम्न हिँडेको कथा आउँछ । यो कथा सुन्दा पत्याउन गाह्रो पर्छ, किनकी चाहे जतिसुकै प्रिय मान्छे नै किन नहोस् मरेपछि उसको अन्त्यष्टि गर्नु निर्विकल्प बाटो हो, न की उसको शवलाई बोकेर वा सजाएर राख्नु । तर महादेव र सतीदेवीको त्यो अनौठो कथानकलाई सम्झाउने गरी एक व्यक्तिले आफ्नी श्रीमतीको शवलाई दश वर्षेखि आफ्नै साथमा राखेका छन् र रातमा सुत्दा श्रीमतीको शवलाई अँगालो मारेर सुत्ने गरेका छन् । आफ्नी श्रीमतीको शवलाई यसरी वर्षौँसम्म पनि सँगै राखेर, अँगालो मारेर प्रेमको अनौठो उदाहरण दिने व्यक्ति भियतनामका ले वेन हुन् । कुआंगा नेम प्रान्तका ती ५५ वर्षा पुरुषले आफ्नी श्रीमतीको शवलाई माटोले पोतेर माटाको गुडियाजस्तै बनाएका छन् र पलङमा सुताएका छन् । ती पुरुष मात्र होइन उनका छोराले पनि आफ्नी मृत आमाको शवलाई हरेक रात सुत्न जानुभन्दा पहिले अंकमाल गर्छन् । ती महिलाको मृत्यु सन् २००३ मा भएको थियो । श्रीमतीको मृत्युपछि ती पुरुषले आफ्नी श्रीमतीको शवलाई परम्परा अनुरुप नै चिहानमा गाडे । तर उनलाई श्रीमतीको यादले यति धेरै सतायो की केही समयपछि उनले श्रीमतीला...