बिहेको तीन दिनमै श्रीमान भागेपछि दुलही अलपत्र

पर्वत, असार १४ – संगै जिउने र मर्ने कसम खाएका श्रीमानले छाडेपछि अन्तरजातीय बिबाह गरेकी एक दलित युबती अलपत्र परेकी छन् ।

ब्राह्मण युबासंग तीन हप्ता पहिले बिहे गरेकी चित्रे गाविस ५ की अनिता बिक श्रीमानले छाडेर भागेपछि अलपत्र पर्नुभएको हो ।

अनिताले तिलहार गाबिस–६ डिमुवाबजारका रामचन्द्र सुबेदीसंग जेठ २४ मा बिबाह गर्नुभएको थियो । बिबाहको तीन दिनपछि श्रीमानले अलपत्र छाडेर भागेको भन्दै अनिता न्याय माग्न बिभिन्न निकायमा धाउनुभएको छ ।

उहाँले न्याय दिलाउन दलित बर्ग उत्थान समन्वय समिति र दलित साझा मञ्चमा निबेदन दिनुभएको छ । त्यसैगरी प्रहरीमा दिएको निबेदनमा पनि श्रीमानले बेवास्ता गरी भागेर अन्याय गरेको बताउनुभएको छ ।

मंसिरदेखि बसेको प्रेमलाई जेठ २४ गते बिबाहबाट बैधानिकता दिएपछि उनीहरु बाजुङमा डेरा गरेर संगै बस्दै आएका थिए ।

तर आफन्तले झुक्याएर घर लगेपछि सुवेदी नफर्किएका बिकको भनाई छ । सुबेदी बाजुङ्गको एक निजी बिद्यालयमा शिक्षक हुनुहुन्थ्यो ।

Comments

Popular posts from this blog

नदीमा बस खस्दा ११ को ज्यान गयो

गंगा जवुना महिला कृषि सहकारी ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न

भिसा आएन अब जन्म भूमिमै पसिना बगाउँछु : बिनोद