दार्चुलाका बाढी पीडितका लागि यूएईमा राहत संकलन हुने
उत्तम अधिकारी अबुधावी । सुदुर पश्चिमको दार्चुलामा असार पहिलो साता आएको बाढीका कारण घर बार बिहिन हुन पुगेका पीडित परिवारका लागि यूएईमा बृहत रुपमा राहत संकलन हुने भएको छ । नव गठित राहत तथा उद्धार समिति यूएईको तदर्थ समितिले यूएईभर बाट सहयोग संकलन गरि सम्बन्धित ठाउँमा पुर्याउने घोषणा गरेको छ । राहत, उद्धार तथा सहयोगमा मात्र सम्पुर्ण ध्यान केन्द्रित गरि सोही उद्देस्यका लागि स्थापना भएको उक्त समितिले यहाँ क्रियाशिल संघ संस्था र संगठनहरू सँग हातेमालो गर्दै यूएईमा नेपालीहरू माथि आइपर्ने बिभिन्न समस्याहरुमा सकेसम्मको सहयोग र आवस्यकता अनुसार उद्धार कार्यमा सहजिकरण गर्ने तथा नेपालमा समय समयमा घट्ने दैबी प्रकोपका घटना बाट पीडित नेपालीलाई यथासक्य राहत सहयोग उपलब्ध गराउने छ । यहि शिलशिलामा समितिले दार्चुलाका बाढी पीडितका लागि यूएईमा रहेका नेपालीहरू बाट आर्थिक सहयोगका साथै जिन्शी (लत्ता कपडा) समेत संकलन गर्ने भएको छ । यूएईमा क्रियाशिल संघ संस्था, संगठन तथा समाजसेवी, ब्यबशायी लगायत सिंगो नेपाली समुदायलाई आ-आफ्नो गच्छे अनुसारको आर्थिक सहयोगका लागि हात अघि बढाउन आग्रह गर्दै नयाँ तथा त्यसै थन्किएर र...