Posts

Showing posts with the label international

आम्मै खेलौना जस्तै कती सानो कार?(फोटो फिचर)

Image
तपाईले कति सानो साइजको कार देखनु भएको छ? एक पटक यो कार हेर्नुस त? हेर्दै खेलौना जस्तो लाग्ने यो कार खेलौना भने होईन। एउटा मोटो मानिस समेत नअटला जस्तो लाग्ने यो कारको लम्बाई मात्र 134cm छ भने चौडाई 99cm छ । जम्मा ५९ किलो तौल भएको यो कारमा मुस्किलले एउटा मात्र मानिस अटन सक्छ। एउटा मानिस बस्न मिल्ने र एउटा सपिङ ब्याग अटने हिसाबले बनाईएको यो कारको देब्रे पट्टी एउटा ढोका रहेको छ भने हेडलाईट पनी एउटा मात्रै छ। केही दिन अघी Ripley’s Believe It Or Not! Museum मा प्रदर्शनमा राखिएको यो तिन पाङग्रे कार हो।

फेसबुक हिरो जुकरबर्गको पहिरन चर्चा

Image
सामाजिक सञ्जाल फेसबुकले सर्वसाधारणका लागि सेयर जारी गरेको धेरै भैसक्यो । उक्त अवसरमा फेसबुकले क्यालिफोर्नियामा रोड शोको समेत आयोजना गर्‍यो । उक्त रोड शोमा सबै व्यक्ति टाइ सुटमा सजिएका थिए । तर स्वयं फेसबुकका संस्थापक मार्क जकरबर्ग भने सधै जस्तै सामान्य पोशाकमा देखिए । उनले आफ्नो ड्रेसको ट्रेड मार्क बनाएका जम्पर वा हुडी लगाएका थिए । रोड शोमा देखिएको यो पहिरन पछि यसको वारेमा निकै नै चर्चा परिचर्चा भयो । हुन त जकरबर्गले यस्तो पहिरन सधै नै गर्थे । तर आफ्नै औपचारिक कार्यक्रममा यसरी गैर जिम्मेवार हुनु हुदैनथ्यो । यसले गर्दा भविष्यका सम्भावित लगानीकर्ताहरुमा नराम्रो सन्देश प्रवाह हुन्छ भन्ने धेरैको धारणा रहेको थियो । तर स्वयं जकरबर्गका पक्षधरहरुले भने यो प्रकरणलाई सामान्य रुपमा लिएका थिए । उनि यही पोशाकमा आफुलाई सहज अनुभव गर्छन् । त्यसैले यसलाई स्वाभाविक रुपमा लिनु पर्ने उनिहरुको तर्क थियो । फेसबुकको सेयरले धेरै उचाइ लिएन । तर जकरबर्गको पहिरन चर्चाले भने सधै उचाई नै लिइरहेको पाइन्छ । हुन पनि अमेरिका जस्तो फेसन कन्सियस मुलुकमा जन्मिएका जकरबर्ग टाइ सुटमा सजिएको कमै देखिन्छ । अमेरिकामा टाइ सुटला...

न्यायाधीशलाई सपथ खुवाउन मोर्सीलाई सैनिक घेरावन्दी

Image
कायरो - संवैधानिक अदालतका प्रधान न्यायाधीश अदलिद मन्सुरलाई सपथ खुवाउनुअघि सैनिक कूको सिकार भएका इजिप्टका राष्ट्रपति मोहम्मद मोर्सी र गत वर्ष चुनाव जितेका नेताहरु सैनिक नियन्त्रणमा परेका छन्। उनीहरुलाई नजरवन्दमा राखी न्यायाधीशलाई सत्ताको सपथ खुवाइने तयारी भएको हो संयुक्त राष्ट्रसंघ, अमेरिका तथा विश्‍वका शक्तिशाली मुलुकहरुले सैनिक कूको विरोध गरेका छैनन्। सैनिक कू लगत्तै सडकमा भएको दोहोरो भिडन्तमा परी १४ जनाले ज्यान गुमाएका छन्। आज बिहान राष्ट्रिय टेलिभिजनबाट सैनिक कूको घोषणा भएको थियो। राष्ट्रपति मोर्सी समर्थक र विरोधीबीच झडप भएको थियो। मोर्सीप्रति सद्भाव राख्ने टेलिभिजन च्यानलाई 'अन एयर' हुन दिइएको छैन। मोर्सीले भने सम्भावित हिंसा नहोस् भन्ने अभिव्यक्ति दिएको न्युज एजेन्सीहरुले जनाएका छन्। मोर्सीको सत्ताविरुद्ध चर्को आन्दोलन हुन थालेपछि सेनाले साथ दिएको हो। अन्तर्राष्ट्रिय क्षेत्रले पनि उनको सत्तालाई साथ दिएन। सेनाले त्यहाँको संविधान निलम्बित भएको घोषणा गरिसकेको छ। अव नयाँ टेक्नोक्रेटिक अन्तरिम सरकार गठन हुने र त्यसले संविधान संशोधन गर्दै  नयाँ संसदीय र राष्ट्रपतीय निर्वाचन गर्न...

पेप्सीमा क्यान्सर लगाउने तत्व

Image
न्युयोर्क  – के तपाईं गर्मीबाट राहत पाउन कोल्ड ड्रिंक पिउनुहुन्छ भने सावधान हुने बेला आएको छ। लोकप्रिय कोल्ड डिंक पेप्सीमा क्यान्सर पैदा गर्ने तत्व मापदन्डभन्दा बढी पाइएको छ। वातावरण वाचडग द सेन्टर फर इन्भाइरनमेन्टल हेल्थले पेप्सी रंगाउन उपयोग गरिने रसायनमा अझै तोकिएभन्दा बढी कार्सिनोजेन अर्थात क्यान्सर उत्पन्न गर्ने तत्व पाइएको बुधबार खुलासा गरेको छ। पेप्सी निर्माता पेप्सीको इन्कर्पोरेसन र कोका कोला कम्पनीले सन् २०१२ मार्चमा अमेरिकाभर आफ्ना उत्पादन फर्मुला फेरबदल गरी सुधार्ने वाचा गरेका थिए। क्यालिफोर्नियामा पेय पदार्थसम्बन्धी पारित कानुनअनुसार कार्सिनोजेनको मात्रा तोकिएपछि पेप्सीको र कोका कोलाले पेयको फर्मुला सुधार्ने वाचा गरेका थिए। वाचाअनुसार पेप्सीकोले अझै आफ्नो कोल्ड ड्रिंक पेप्सीमा कुनै फेरबदल नगरेको वातावरण वाचडग समूहले जनाएको हो। पेप्सीकोले क्यालिफोर्नियामा पेप्सीको फर्मुला बदलेर सुधार गरे पनि क्यालिफोर्नियाबाहिर भने कुनै सुधार नगरेको वाचडग इनभाइरनमेन्टल हेल्थले खुलासा गरेको हो। पेप्सीमा रंगाउने रसायन फोर–मिथाइलिमिडाजोल वा फोर–मेल उपयोग गरिएको छ। यो रसायन अधिकांश तयार...

इजिप्टमा सैनिक क्रु

Image
इजिप्ट । इजिप्टमा सेनाले कू गरेको छ । राष्ट्रपति मोहम्मद मुर्सीको सरकार अपदस्थ गर्दै सैनिक जनरल अब्देल फतह अल सीसीले राष्ट्रपतिको अधिकार अब मूख्य न्यायाधीशमा रहने घोषणा गरेका छन् । कू सँगै देशको संविधान निलम्बित गरिएको छ भने मुर्सीलाई पदबाट हटाउँदै सेनाले आफ्नो नियन्त्रणमा राखेको छ । देशमा राष्ट्रपतिको अर्को निर्वाचन नहुँदासम्म राष्ट्रपतिको सबै अधिकार अब मूख्य न्यायाधीशमा रहने घोषणा जनरल सीसीले गरेका हुन् । राष्ट्रिय टेलिभिजनमा बोल्दै जनरल सीसीले नयाँ राष्ट्रपतिको निर्वाचन नहुँदासम्म अन्तरिम सरकारको काम पनि मूख्य न्यायाधीशले नै गर्ने बताए । केही समयदेखि चर्केको राजनीतिक संकट समाधान गर्न सेनाले राष्ट्रपति मुर्सीसहित राजनीतिक दलका नेताहरुलाई ४८ घण्टाको समय दिएको थियो ।