सेक्समा सन्तुष्टि नभएपछि त्यसैसँग बसिरहनु पर्छ भन्ने हुँदैन : स्मिता थापा (विशेष अन्तर्वार्ता)
महिलालाई खेलौना ठान्ने पुरुषप्रधान समाजमा स्मिता थापाको बिद्रोह काठमाडौं : मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिन्छ भनेर चर्चामा आएकी आधुनिक युवती एवं मोडेल स्मिता थापाको अर्को एउटा रहस्य पनि छ । यो रहस्य आज धर्तीआवाजले सार्वजनिक गर्दैछ । धेरै पाठकलाई उनको यो रहस्य थाहा नहुन सक्छ । धेरै पुरुषसँग संगत गरे पनि अविवाहित रहेकी स्मिताले छोरी जन्माएको दुई वर्ष भइसकेको छ । सेक्समा उदार हुनुपर्छ भन्ने धारणा राख्दै आएकी स्मितालाई अहिलेसम्म कति पुरुषसँग संगत गरें भन्ने हेक्का पनि छैन । भन्छिन्, ‘कतिसँग रिलेसन हुन्छ गन्ने फुर्सद कसलाई होस् ।’ कसैसँग मन मिलेपछि सेक्स गर्नु ठूलो कुरा नहुने उनले बताइन् । उनले आफूले १६ वर्षकै उमेरमा ओरल सेक्स गरेको पनि खुलासा गरिन् । नेपालमा रेडलाइट एरिया अर्थात् वेश्यालय (पुरुष र महिला दुवैका लागि) अत्यावश्यक भएको बताउने मोडेल स्मिता सेक्सका विषयमा खुलेर कुरा गर्छिन् । पुरुषबाट धोका पाएपछि समाजका लागि एकखालको बिद्रोह हो यो उनको । पुरुषले महिलालाई खेलौनाका रुपमा मात्र प्रयोग गर्ने गरेको उनको आफ्नै अनुभव छ । पुरुषले महिलालाई खेलौनाका रुपमा प्रयोग गर्दा हुने तर महिलाले पु...