अघाखाँची महोत्सवको तेस्रो दिन पञ्चीस हजार भन्दा बढी दर्शकको सहभागिता , करिव पचास लाख बराबरको कारोबार




विक्रम पाण्डे समान्ता 
माघ १ , अर्घाखाँची
अर्घाखाँची जिल्लाको समग्र विकासको आधार , कृषि , पर्यटन , कला ,सस्कृति , उद्योग र ब्यापर भन्ने मुल नाराका साथ सुरु भएको अर्घाखाँची महोत्सवको तेस्रो दिन शनिबार राष्टिय स्तरका कलाकार शिव परियार , साहिमा श्रेष्ठ लगायतका कलाकारले महोत्सवलाई संगीतमय बनाए ।
 आधुनिक गायक शिव परियारले दर्जनौ गीत गाउँदा दर्शकहरु गितको तालैमा छमछमी नाचेका थिए ।





यता अर्घाखाँचीकै गायिका तथा नायिका साहिमा श्रेष्ठले आधा दर्जन गीत गाएर दर्शकलाई मनोरञ्जन दिएकी थिईन् । त्यस्तै गायक धावा लामा , सञ्जीव बस्नेतले पनि महोत्सवमा उपस्थित दशृकलाई नचाए ।
 पौस २८ गतेबाट सुरु भएको महोत्सवमा गुल्मिी , पाल्पा , प्युठान , लगायत छिमेकी जिल्लाबाट पनि महोत्सवमा सहभागी भएको महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ  ।




साथै शनिबार  महोत्सव हेर्न आउनेको घुइचो नै लाग्यो । त्यसैमा माघ १ गते अनि महोत्सव दर्शकको नीकै उत्साह जनक  उपस्थिती रह्यो ।शनिबार  करिव  पञ्चीस हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले बताएको छ । पहिलो दिन  केही उद्घाटन सत्रमा असहज परिस्थिती सिर्जना भए पनि दोस्रो दिनबाट तेस्रो दिन सम्म आउदा कारोबारको हिसावले राम्रो भएको बताइएको छ ।शनिबार  पचास लाख बराबरको कारोबार भएको महोत्सव आयोजक समितिका सदस्य तेजेन्द्र पाण्डेले बताए । महोत्सवमा १९० वटा स्टल राखिएको छ । महोत्सव यहि माघ १० गते सकिदै छ ।

Popular posts from this blog

गंगा जवुना महिला कृषि सहकारी ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न

भिसा आएन अब जन्म भूमिमै पसिना बगाउँछु : बिनोद

नदीमा बस खस्दा ११ को ज्यान गयो