भिसा आएन अब जन्म भूमिमै पसिना बगाउँछु : बिनोद


विक्रम पाण्डे समान्ता 
असार २६  , अर्घाखाँची 
आकासको फल आँखा तरी मर भने झै म्यान पावरले भिसा आउनै लाग्यो भन्यो तर विनोद बस्यालको भिसा अहिले सम्म आएन । विदेश जानै सुरसारमा लागेका उन्को यो विदेश जाने कु्रा नयाँ चाहिँ हुदै होइन उनले यस अघि साउदीमा पनि काम गरी सकेका छन् । 
हो विदेशमा गएर पैसा कमाउने सपना देखेका अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १२ सल्किोटका विनोद बस्याल भिसा लगाएको २ बर्ष सम्म भिसा नआए पछि आप्ःनै भूमिमा केहि गरेर देखाउने सोँच बटुलेका छन् । साइप्रस जान भनि भिसा लागाएका बस्याल अहिले भिसा नआए पछि आप्ःनै गाउँ घरमै केहि गरेर देखाउने साहस बटुलेका हुन् । दुई वर्ष सम्म साउदी देशमा आप्नो श्रम बेचेका उनले साईप्रस जाने सोँच बनाएका थिएँ । साईप्रसलाई संस्कृति र इतिहासका कारणले युरोपको भूभाग पनि भनिन्छ । तर यो देश एसिया महादेशकै राष्ट्र हो । 
बुबा राम प्रसाद बस्याल र माता उमा बस्यालको कोखबाट वि।स। २०४९ साल श्रावण ३० गते जन्मिएका विनोद अहिले २४ वर्षका भए । निकै असल र मिहिनेती स्वभावका विनोदले सल्लिकोटमा रहेको श्री ज्ञान प्रकाश माध्यमिक विद्यालयबाट एसएलसी पास गरे। कक्ष १२ सम्मको औपचारी शिक्षा हासिल गरेका विनोद सानै देखि पौरखी र परीश्रममा विश्वास गर्ने युवा हुन् । जे जति विदेशमा पसिना बगाएँ अब बगाउँदै , आप्ःनेै माटोमा केहि आय आर्जनका काम गर्छु विनोदले भने , ूहामी लजाउनु हुँदैन मिहिनेत र परीश्रममा सधै लाग्नु पर्छ विदेशको जति नै पैसा नेपालमै कमाउन सकिन्छ । ू
हो यहि सोँच मनमा राखेर विनोदले आफै एक्लैले आप्ःनै लगानीमा छत्रदेव गाउँपालीका वडा नं। ८ को अर्चममा वृक्षा एण्ड रोसनी पोल्ट्री फर्म एण्ड सप्लायर्स को दर्ता गरेका छन् । घरेलु तथा साना उद्योग विकास समअर्घाखाँचीबाट २०७४ साल बैशाख २१ गते फर्म दर्ताको प्रमाण पत्र लिएका विनोद अहिले फर्म निर्माणमा सकृय छन् । कुल करीव १५ लाखको लगानीका निर्माण कार्य सम्पन्न भैसकेको विनोद बताउँछन ।

Popular posts from this blog

गंगा जवुना महिला कृषि सहकारी ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न

नदीमा बस खस्दा ११ को ज्यान गयो