आज बाट सन्धिखर्क नगरपालिका तथा गाबिस स्तरीय भलिबल प्रतियोगिता सन्धिखर्क नगरपालिका वार्ड न ९ फुदवांग वजारमा सुरु
विक्रम पाण्डे समान्ता
पौस ०७ अर्घाखाँची
शिक्षा स्वाश्थ्य , सिप र रोजगारीको आवश्कता , दिगो विकाश र राष्ट निर्मामा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ प्याराडाइज युवा क्लवको आयोजनामा आज बाट सन्धिखर्क नगरपालिका तथा गाबिस स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता सन्धिखर्क नगरपालिका वार्ड न।९ फुदवांग वजारमा सुरु भएको हो । आजबाट उदघाटन भएको प्रतियोगिता दुई दिन सम्म सन्चालन हुने छ । प्रतियोगितामा ११ समुहको सहभागिता रहेको छ । यता उदघाटन सत्रको कार्यक्रमा जिल्ला भलिबल सघंका अध्यक्ष दिपक परियारको प्रमुख आतिथ्यता , साहायक जिल्ला अधिकारी नारायण खत्री र सबुज गणका गणे्श शाहको विशिष्ट आतिथ्यता रहेकोे थियो । कार्यक्रममा क्लवका सस्थापक अध्यक्ष अशोक थापा , साना किसान कृषी तथा सहकारी सस्थाका प्रबन्धक विष्णु प्र। मरासिनी , फुलबारी रिसोर्टका प्रबन्धक सिद्धी भट्टराई , कालिका फर्निचर उद्योगका गोपाल प्र भुसाल , शिबलाल रायमाझी , अनिता थापा , देव ब रसाईली , नयाँ एफ एमका विक्रम पाण्डे लगायतको आतिथ्यता रहेको थियो । यता प्याराडाइज युवा क्लव विरुद्ध जनजागृती युवा क्लब विच भएको पहिलो खेलमा २४ ,२१ र २५ ,२१ ले जनजागृती युवा क्लब जगत विजेता भएको छ । दोस्रो खेलमा जुकेना गा वि स र खाचिकोट भलिबल समुहको खेलमा । २५ ,१२ र २७ , २५ ले जुकेना गाविस विजय भएको छ । त्यस्तै प्याराडाइज युवा क्लब सी र ठाडा खेलकुद विकास समिति विच भएको तेस्रो खेलमा २५ , १२ र २५ , २३ ले ठाडा खेलकुद विकास समिति विजय भएको छ । अन्य खेल भने भोलि विहान बाट सुरु बताइएको छ ।आजको कार्यक्रम क्लवका अध्यक्ष अमृत थपाको अध्यक्षता र सचिव सुदीप केसीको सन्चालनमा सम्पन्न भएको थियो ।
भोलिका खेलहरु
भोलिको पहिलो खेल जुकेना गा वि स र सितापुर भलिबल समूह , दोस्रो खेल स।न।पा ७ र श्री जनजागृती युवा क्लब , तेर्सो खेल प्याराडाइज युवा क्लब ए र डिभर्ना भलिबल समूह र चौथो खेल धारापानी भलिबल समूह र ठाडा खेलकुद विकास समिति विच हुने भएको छ ।
