जनकल्याण माध्यमिक बिधालय भगवतीमा भलिबल खेल सम्पन्न
मधु सुदन पाण्डे
पौस ०७ अर्घाखाँची
जनकल्याण माध्यमिक बिधालय भगवती ४ तारुभतेरा अर्घाखाँचीमा शुक्रवारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत आज भलिबल खेल सम्पन्न भएको छ ।
सोही विद्यालयका कक्षा ८ का विद्यार्थी द्वारा आयोजना गरिएको भलिवल प्रतियोगितामा तीन समूहले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा कक्षा १० को समूह प्रथम कक्षा आठ को समूह द्वितीय र कक्षा नौ को समूह तृतीय भएको थियो ।
कार्यक्रमका बिजेता हरुलाई बिद्यालय प्र अ कबिराम अधिकारीले टीका तथा पुरस्कार प्रदान
गरेका थिए ।