सोनीको ‘एक्स्पेरिया’ र ‘एक्स्पेरिया एसपी’ दुई रङमा

२० असार, काठमाडौं । नेपाली बजारमा सोनीको स्मार्टफोन ‘एक्स्पेरिया’ र ‘एक्स्पेरिया एसपी’ दुई रङमा उपलब्ध हुने भएका छन् । हालैमात्र कालो र सेतो रङमा दुई मोडेलका स्मार्टफोन नेपाली बजारमा भित्रिएका हुन् । नेपालमा एक्स्पेरियाको २९ हजार ९ सय ९९ रुपैयाँ र एक्स्पेरिया एसपीको ४१ हजार ९ सय ९९ रुपैयाँ पर्ने नेपा हिमा ट्रेड लिंकले जनाएको छ । टे्रेड लिंक सोनीको नेपालका लागि आधिकारीक बिक्रेता हो ।
Sonney-mobile
दुबै स्मार्टफोनमा अत्याधुनिक सुविधाहरु रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार दुबै मोडलमा ८ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ । स्मार्टफोनमा एन्ड्रोइडको ओएस ४.१ जेलि बिन अपरेटिङ भर्सन प्रयोग गरिएको छ । एक्स्पेरियामा ४.३ इञ्चको डिस्प्ले रहेको छ भने एक्स्पेरिया एसपीमा ४ दशमलव ६ इञ्चको डिस्प्ले रहेको कम्पनीले जनाएको छ ।

Comments

Popular posts from this blog

भिसा आएन अब जन्म भूमिमै पसिना बगाउँछु : बिनोद

गंगा जवुना महिला कृषि सहकारी ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न

समुदाय प्रहरी साझेदारी कार्यक्रम गाउँगाउँमा , अपराध रोकथाम गरी समाजमा शान्ति स्थापनामा सहयोग पुर्याएको स्थानीयको भनाई