ने.क.पा माओवादी विप्लबको नगर भेला सम्पन्न



            


पुस २६ , अर्घाखाँची             
 समान्ता खबर

नेकपा माओवादी विप्लबको नगर भेला सम्पन्न भएको छ । भेलालाई सम्वोदन गर्दै जिल्ला सेक्रेटरी सुमनले दलाल प्रतिक्रियावादी सम्सदिय व्यवस्थाको भण्डाफोर र खारेज गर्दै जनताको जनसत्ता स्थापित गर्नको निम्ती जस्तो सुकै चुनौती मोल्न तयार रहन निर्देशन दिएका छन् ।
 त्यसै युवाका केन्द्रिय सदस्य तथा कार्यालय सदस्य योगेन्द्र चौहानले संसदवाद आत्मसमर्पणवाद र बिसर्जनवादका विरुद्ध निर्णायक संघर्ष गर्नको निम्ती गर्न लागिएको ऐतिहासिक जिल्ला सम्मेलन र राष्ट्रिय महाधिवेसन सफल पार्नको सवैजना आ आफ्नो कमिटीबाट सक्रिय रुपमा लाग्न आग्रह आग्रह गरेका थिए ।
भेलाले टामलाल वस्यालको नेतृत्वमा ९ सदस्य नगर कमिटी गठन समेत गरेको छ । त्यसैगरी घनस्याम पाण्डेको नेतृत्वमा १५ सदस्य १ नं वडा कमिटी गठन गरेको छ ।
त्यसैगरी पवित्रा वेल्वासेको नेतृत्वमा २ नं। वडा कमिटी गठन गरेको छ । भेलाले यही २ गते हुन गइरहेको जिल्ला सम्मेलनको लागी प्रतिनिधी छनोट समेत गरेको छ ।  भेला टामलाल बस्याल प्रवासको अध्यक्षता ।र गोविन्द खनालले सञ्चालनमा सम्पन्न भएको थियो ।


Popular posts from this blog

नदीमा बस खस्दा ११ को ज्यान गयो

गंगा जवुना महिला कृषि सहकारी ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न

भिसा आएन अब जन्म भूमिमै पसिना बगाउँछु : बिनोद