प्याब्सन अर्घाखाँचीको भोलि हुने पाँचौ जिल्ला अधिवेसनको तयारी अन्तीम चरणमा
विक्रम पाण्डे
पुस २५ , अर्घाखाँची
निजी विद्यालयहरुको छाता संगठनको रुपमा रहेको निजी तथा आवसीय विद्यायय अर्गनाईजेसन नेपाल प्याब्सन अर्घाखाँचीको भोलि हुने पाँचौ जिल्ला अधिवेसनको तयारी अन्तीम चरणमा पुगेको छ ।
अधिवेसन प्याब्सनका केन्द्रिय उपाध्यक्ष लोकनाथ उपाध्यले उद्धघाटन गर्ने कार्यक्रम रहेको बताईएको छ । उद्धघाटन सत्र भोलि विहान ८ बजे हुने जिल्ला अध्यक्ष नारायण प्र। पौडेलले जानाकारी दिनु भएको छ । अधिवेसनबाट सर्बसम्मत रुपमा नयाँ कार्य समिति निर्माण हुने बुझीएको छ । अध्यक्ष पौडेलले भोलि हुने अधिवेसनमा सम्पूर्ण पत्रकार सन्चारकर्मीहरुलाइ उपस्थित हुन आग्रह गर्नु भएको छ । अधिवेसन द ओल्ड एभरेष्ट होटल सन्धिखर्कमा हुनेछ । प्याब्सन सँग आबद्ध भइ जिल्लामा २९ वटा विद्यालय सञ्चालनमा रहेका छन् ।