अखण्ड पाँच नम्बर प्रदेश माग्दै अर्घाखाँचीमा बृहत मसाल जुलुस प्रदर्शन, चार दिन जिल्ला ठप्प हुने


 अखण्ड पाँच नम्बर प्रदेश माग्दै अर्घाखाँचीमा बृहत  मसाल जुलुस प्रदर्शन, चार दिन जिल्ला ठप्प हुने

नयाँ एफ एम /अर्घाखाँची 

अखण्ड पाँच नम्बर प्रदेश माग्दै अर्घाखाँचीमा बृहत मसाल जुलुस प्रदर्शन गरिएको छ ।
जिल्ला सदरमुकाम सन्धिखर्कमा आज साँझ ६ बजेबाट शुरु भएको जुलुसले बजारका म’ख्य भागको परिक्रमा गर्दै शान्ति बँगैचामा आएर कोण सभामा परिणत भएको थियो ।                                                                          तस्विर : कमल बिस्ट

                   सयौंको संख्यामा रहेको आन्दोलनकारीहरुले पाच नं. प्रदेश टुक्राउन नहुने भन्दै चर्का नारावाज गरेका थिए । आफुहरु बलिदानी दिन तयार रहेको तर पाँच नं. प्रदेश टुक्रन दिने पक्षमा नरहेको भन्दै उनीहरुले प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेका थिए ।
मसाल जुलुसपछि शान्ति बँगैचामा आएर कोणसभामा परिणत भएको ¥यालीलाई सम्बोधन गदै नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य चन्द्र बहाद’र खड्का उज्ववलले लेक र बेसीको रुपमा रहेको तराई संगको सम्वन्ध तोड्ने कुरा आफुहरुलाई कुनैपनि हालतमा मान्य नहुने बताएका थिए ।
पाँच नं. प्रदेशको रक्षाको लागि हुने आन्दोलनमा अर्घाखाँचीमा कुनै दल नरहेको भन्दै आफुहरुको मागको सुनुवाई गराउनको लागि साझा दल भएको खड्काले उद्घोष गरेका थिए । त्यस्तै खड्काले भोली हुने बृहत सभामा सहभागि बन्न जिल्लावासीहरुलाई अग्रह समेत गरेका थिए ।
यसैविच भोली पनि विद्यालयहरु बन्द हुने भएका छन् । संघर्ष समितिले आजको कार्यक्रम मार्फत विद्यालय बन्द हुने जानकारी गराएको हो । त्यसैगरी प्रदेश स्तरीय कार्यक्रम अन्तरगत पौष १,२ र ३ गते सम्पूर्ण संघ, संस्था, कार्यालय, विद्यालय, वजार तथा यातायात बन्द हुने आयोजकले जानकारी दिएको छ ।

Popular posts from this blog

नदीमा बस खस्दा ११ को ज्यान गयो

गंगा जवुना महिला कृषि सहकारी ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न

भिसा आएन अब जन्म भूमिमै पसिना बगाउँछु : बिनोद