अखण्ड पाँच नम्बर प्रदेश माग्दै अर्घाखाँचीमा बृहत मसाल जुलुस प्रदर्शन, चार दिन जिल्ला ठप्प हुने
अखण्ड पाँच नम्बर प्रदेश माग्दै अर्घाखाँचीमा बृहत मसाल जुलुस प्रदर्शन, चार दिन जिल्ला ठप्प हुने नयाँ एफ एम /अर्घाखाँची अखण्ड पाँच नम्बर प्रदेश माग्दै अर्घाखाँचीमा बृहत मसाल जुलुस प्रदर्शन गरिएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कमा आज साँझ ६ बजेबाट शुरु भएको जुलुसले बजारका म’ख्य भागको परिक्रमा गर्दै शान्ति बँगैचामा आएर कोण सभामा परिणत भएको थियो । तस्विर : कमल बिस्ट सयौंको संख्यामा रहेको आन्दोलनकारीहरुले पाच नं. प्रदेश टुक्राउन नहुने भन्दै चर्का नारावाज गरेका थिए । आफुहरु बलिदानी दिन तयार रहेको तर पाँच नं. प्रदेश टुक्रन दिने पक्षमा नरहेको भन्दै उनीहरुले प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेका थिए । मसाल जुलुसपछि शान्ति बँगैचामा आएर कोणसभामा...