टुहुरो भयो माउस

कम्प्युटर माउसको आविष्कार गर्ने वैज्ञानिक डग एंगलबर्टको ८८ वर्षको उमेरमा निधन भएको छ । सन् १९२५ को जनवरी ३० मा अमेरिकाको ओरेगनस्थित पोर्टल्याण्डमा रेडियो मर्मत गर्ने पिता र गृहिणी आमाको कोखबाट जन्मेका एंगलबर्टले सन् १९६० मा कम्प्युटर माउसको आविष्कार गरेका थिए ।
2
उनले आविष्कार गरेको माउस काठको खोल भएको र दुइवटा पंाग्रा भएको थियो । उनले क्यालिफोर्निया रिचर्स संस्थामा इमेल, वर्ड प्रोसेसिङ तथा भिडियो टेलिकन्फ्रेन्सिङ जस्ता प्रविधिमा पनि काम गरेका थिए । उनको जुलाई २ मंगलबार निधन भएको उनकी छोरीले पुष्टि गरेकी छिन् ।
ओरेगन स्टेट विश्वविद्यालयमा इलेक्टि्रकल इन्जिनियरिङ पढेका उनले दोश्रो विश्वयुद्धका बेला राडार प्राविधिकको काम गरेका थिए । उनले अमेरिकी अन्तरीक्ष संस्था नासाको सुरुवाती रुप नाकामा पनि काम गरेका थिए । उनले आफ्नै अनुसन्धान संस्था स्टानफोर्ड रिसर्च इन्स्िटच्युट स्थापना गरी कम्प्युटर माउस तथा अन्य प्रविधिको विकाशमा काम गरेका थिए ।

Comments

Popular posts from this blog

नदीमा बस खस्दा ११ को ज्यान गयो

गंगा जवुना महिला कृषि सहकारी ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न

भिसा आएन अब जन्म भूमिमै पसिना बगाउँछु : बिनोद