माइक्रोम्याक्सको ल्यायो ‘क्यानभास म्युजिक’

भारतीयमा ब्राण्ड माइक्रोम्याक्सको ‘क्यानभास म्युजिक’ स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ । मइक्रोम्याक्स मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता पशुपती ट्रेड लिंकले उक्त स्मार्टफोन नेपाली बजारमा भित्राएको हो । स्मार्टफोनको नेपाली बजारमा १६ हजार रुपैयाँ पर्ने बताइएको छ ।
सुविधाहरु
४.५ इञ्च मल्टी टच स्त्रिmन भएको क्यानभास म्युजिक स्मार्टफोन नेपाली बजारमा कालो कलरमा उपलब्ध भएको मुरारका ग्रुपका निर्देशक शिरिष मुरारकाले बताउनुभयो । यस स्मार्टफोनमा १ गिगाहर्जको ड्यूल कोर प्रोसेसर प्रयोग गरिएको छ । एन्ड्रोइड ओएस ४.१.१ जेली बिन अपरेटिङ सिष्टम भएको स्मार्टफोनमा १८०० एमएएचको ब्याटि्र रहेको छ । फोन किन्दा एउटा हेडफोन सित्तैमा पाइने कम्पनीले जनाएको छ ।
canvas-music-mobile
यसमा पछाडी ५ मेगा पिक्सेल क्यामेरा र अगाडी ०.३ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ । जस्ले गर्दा आकर्षक फोटो खिच्न सकिने कम्पनीको दाबि छ । स्मार्टफोनमा आवश्यकता अनुसार ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिन्छ । यसमा ब्लुटुथ, वाईफाई, एमपी थि्र, एमपी फोर, जिपिआरएस लगाएतका सुविधाहरु रहेका छन् । नेपाली स्मार्टफोन बजारमा यसले बलियो उपस्थिती देखाउने अपेक्षा कम्पनीले गरेको छ ।

Comments

Popular posts from this blog

नदीमा बस खस्दा ११ को ज्यान गयो

गंगा जवुना महिला कृषि सहकारी ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न

भिसा आएन अब जन्म भूमिमै पसिना बगाउँछु : बिनोद