हेलिकप्टर दुर्घटना, ३ जीवितै, ३ को अवस्था अज्ञात

५ असार, हुम्ला । हुम्लाको हिस्लाबाट सदरमुकाम सिमिकोटतर्फ आउदै गरेको फिस्टेल एयरको हेलिकप्टर हुम्लाकै मुचु गाविसमा दुर्घटना भएको छ । अपरान्ह ४ बजेर ४५ मिनेटको समयमा दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा चालक दलका २ सहित ४ जना यात्रु रहेकोमा तीनजना जीवितै रहेका छन् । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
उद्दारका लागि गएको प्रहरी टोली कर्णाली नदीमा पानीको बहाव बढेका कारण पारी पट्टी बसेको छ । हेलिकप्टर दुर्घटना सम्बन्धमा नागरिक उड्यान प्राधिकरणले खोजीकार्य सुरु गरेको छ ।
खराव मौसमका कारण कर्णाली नदीको किनारामा अवतरण गराउने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ । ६ जनामध्ये ३ जना बाहिर निस्किएको हुम्लाका प्रहरी प्रमुख हरिशरण भट्टले जानकारी दिए ।

हेलिकप्टरको पछाडिको भागमा आगो लागीरहेको छ । दुईजना यात्रु भित्र फसेको हुनसक्ने प्रहरीले बताएको छ ।

माथि को पोस्ट मन पर्यो भने यस्तै समाचार तथा रोचक जानकारी प्रस्तुत गर्न हामी लाई हौसला को लागि तल like गरी दिनु होला ! धन्यावाद
तल को box मा आफ्नो इमेल हाली Subscribe गरी नेपाल का मुख्यसमाचार इमेल मार्फत प्राप्त गर्नुस :

Comments

Popular posts from this blog

नदीमा बस खस्दा ११ को ज्यान गयो

गंगा जवुना महिला कृषि सहकारी ढिकुराको चाँैथो बार्षीक साधारण सभा सम्पन्न

भिसा आएन अब जन्म भूमिमै पसिना बगाउँछु : बिनोद