Posts

Showing posts from July, 2017

भिसा आएन अब जन्म भूमिमै पसिना बगाउँछु : बिनोद

Image
विक्रम पाण्डे समान्ता  असार २६  , अर्घाखाँची  आकासको फल आँखा तरी मर भने झै म्यान पावरले भिसा आउनै लाग्यो भन्यो तर विनोद बस्यालको भिसा अहिले सम्म आएन । विदेश जानै सुरसारमा लागेका उन्को यो विदेश जाने कु्रा नयाँ चाहिँ हुदै होइन उनले यस अघि साउदीमा पनि काम गरी सकेका छन् ।  हो विदेशमा गएर पैसा कमाउने सपना देखेका अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १२ सल्किोटका विनोद बस्याल भिसा लगाएको २ बर्ष सम्म भिसा नआए पछि आप्ःनै भूमिमा केहि गरेर देखाउने सोँच बटुलेका छन् । साइप्रस जान भनि भिसा लागाएका बस्याल अहिले भिसा नआए पछि आप्ःनै गाउँ घरमै केहि गरेर देखाउने साहस बटुलेका हुन् । दुई वर्ष सम्म साउदी देशमा आप्नो श्रम बेचेका उनले साईप्रस जाने सोँच बनाएका थिएँ । साईप्रसलाई संस्कृति र इतिहासका कारणले युरोपको भूभाग पनि भनिन्छ । तर यो देश एसिया महादेशकै राष्ट्र हो ।  बुबा राम प्रसाद बस्याल र माता उमा बस्यालको कोखबाट वि।स। २०४९ साल श्रावण ३० गते जन्मिएका विनोद अहिले २४ वर्षका भए । निकै असल र मिहिनेती स्वभावका विनोदले सल्लिकोटमा रहेको श्री ज्ञान प्रकाश माध्यमिक विद्यालयबा...