फोटो पत्रकार शैलेन्द्र खरेलको तस्बिर फोटो अफ दी इयर २०६९ घोषित भएको छ
फोटो पत्रकार शैलेन्द्र खरेलको तस्बिर फोटो अफ दी इयर २०६९ घोषित भएको छ । फोटो पत्रकार क्लबले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता ०६९ मा खरेलको तस्बिर उत्कृष्ट भएको हो । फोटो पत्रकार क्लबले आयोजना गरेको फोटो प्रतियोगिता २०६९ मा फोटोपत्रकार शैलेन्द्र खरेलको तस्बिरले फोटो अफ दी इयर २०६९को उपाधि हात पारेको छ। उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाएका छन् । खरेलले फोटो स्टोरी र शिखर सु न्युज विधाको पनि उपाधि जिते । यसपालि शैलेन्द्र खरेलले तीनवटा उपाधि जितेका छन्। अन्य विधालाई पछि पार्दै 'दैनिक जनजीवन' बिधामा शैलेन्द्र खरेलले दर्ता गराएको फोटो फोटो अफ दी इयर' घोषित भएको छ। उनैले फोटो स्टोरी र न्युज विधाको पनि उपाधि जिते। यसैगरी दैनिक जनजीवनमा सुरज श्रेष्ठको फोटोले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेको छ भने पद्यमसागर कक्षपतिको फोटो दोस्रो तथा दिवाकर मास्केको फोटो तेस्रो भएको छ। 'संस्कृति तथा पर्यटन' मा संजोग मानन्धरले उपाधि जित्दा विशाल गौतमको फोटो दोस्रो तथा रजेन्द्र केसीको फोटोले तेस्रो स्थान हासिल गरेको छ। 'नेचुरल्ली नेपाल वाइल्ड लाइफ एन्ड ने...